दमौली । तनहुँको सुन्दर पर्यटकीय नगरी पुग्नको लागि सजिलो बनाउन तयार गरिएको बन्दीपुर केवलकार आन्तरिक एवं बाह्य पर्यटकको पहिलो रोजाई बन्ने गरेको छ ।
संचालनमा ल्याएको छोटो अवधिमा एक लाख बढी पर्यटकले केबलकारको यात्रा गरेका छन् ।
विसं २०८० जेष्ठ ३१ गतेदेखि व्यवसायीक संचालनमा आएकोमा २०८१ फागुन मसान्तसम्म एक लाख बढी पर्यटक र स्थानीयहरूले केवलकार चढेका छन ।
जस मध्य १८ हजार भन्दा बढी विदेशी पर्यटकहरु रहेका छन् ।
बन्दीपुरहिल गुरुयोजना अन्तर्गतको एक अंश केवलकार र ड्राईभईन ब्राण्डमा रेस्टुरेन्ट मात्र औपचारिक रुपमा संचालनमा ल्याइएको कम्पनीका महाप्रबन्धक रोमनमान श्रेष्ठले जानकारी दिए ।
बृहत्तर गुरु योजनाको साढे बाह्र प्रतिशत मात्र हिस्सा रहेको कम्पनीले जनाएको छ ।
बन्दीपुरहिल गुरुयोजना भित्र पाँचतारे होटल, कुईन टावर, माईति ईमाङ्ग (मगर खानेकुराको बजार घर) एक हजार सिट क्षमताको सम्मेलन केन्द्र, ९७ मिटर लामो क्यान्टिलिभर, वाक थ्रु, स्काई डेक, मेटल क्लाईमविङ्ग, एज वाक, क्याप्सुल लिफ्ट, भ्युजरुम, स्काई रेस्टुरेन्ट, फ्लाई डाईनीङ्ग, सोप स्विङ्ग, मेकानिकल स्विङ्ग, २८ सय मिटर लामो “मेगाट्रेल जिपलाईन” ११०० मिटर लामो बन्दीपुर सिद्धगुफा, चियरलिफ्ट, स्काई साईक्लिंग, रोप जम्प, बन्जीजम्प, डिपार्टमेन्टल रेस्टुरेन्ट, १०८ फिटको आदियोगी शिवत्व पार्क, स्वयम्भुनाथ पार्क, स्विमिङपुल, हेल्थ क्लब, किड्स जोन, धार्मिक पार्क र जङ्गली म्युजियम लगायतका मनोरञ्जनात्मक पूर्वाधारहरु रहेका छन् ।
बन्दीपुरहिल गुरुयोजनाको लागत ६ अर्ब २९ करोड अनुमान गरिएको कम्पनीले जनाएको छ ।
आगामी २०८३ साल भित्र सबै पूर्वाधार निर्माण भईसकी औपचारिक रुपमा व्यवसायिक संचालनमा ल्याउने तयारी गरिएको छ ।
बन्दिपुरको समग्र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डीङ्ग गर्ने र यस क्षेत्रमा बाहय लगानी भित्रयाउने गरि योजनाले भरपुर मद्धत गर्न सक्ने देखेर यो स्तरको तयारि गरि लगानी गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।
बन्दीपुर घुम्न जाने पर्यटकहरुको लागी एक पटक जसरि पनि घुम्नै पर्ने गरि मनमोहक रुपमा तयार गरिएको बटम स्टेशनलाई इंगित गर्दै पर्यटकहरुले मज्जा लिएको यहाँ आएका पर्यटकले बताए ।
बन्दीपुर जादै हुनुहुन्छ भने एकपटक यसको मज्जा लिन सक्नु हुनेछ, सबै जनालाई सेवा उपयोग गरिदिन सहयोग गर्ने कम्पनीले आमन्त्रण गरेको हस्पिटालिटी महाप्रबन्धक राजेश फुंयालले बताए ।
उनले बन्दिपुरको स्थानीय समुदायको स्वाद पस्कने गरि बैशाख १ गतेदेखि मगर संस्कृति र खानेकुराहरुको बजार बनाउने गरि “माईति ईमाङ्ग” संचालनमा आउने भएकोले यसको सेवा लिन समेत सकिने जानकारी दिए ।
बन्दीपुरहिल अन्तर्गत बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड, बन्दीपुर स्काईवाक एण्ड रिक्रिएसन प्रालि बन्दीपुर व्यान्केट एण्ड इभेन्ट्स प्रालि र सिद्ध गुफा रोपवेज प्रालि सहितका कम्पनीहरु संलग्न रहेका छन् ।