आजको आवश्यकता उद्यमशीलताको विकास र रोजगारी : आर्थिक मामिलामन्त्री गुरुङ

Byखवरबाटिका

२३ चैत्र २०८१, आईतवार १०:०४ २३ चैत्र २०८१, आईतवार १०:०४ २३ चैत्र २०८१, आईतवार १०:०४
दमौली । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री टकराज गुरुङले आजको आवश्यकता उद्यमशीलताको विकास र रोजगारी भएको बताए । चैते दशैँको अवसरमा तनहुँको बन्दीपुर गाउँपालिका-२ मुच्चुक स्थित मुकुन्देश्वरी मन्दिरमा शनिबार आयोजित चैत्राष्टमी पूजा समारोहमा बोल्दै आर्थिक मामिलामन्त्री गुरुङले रेमिटेन्सले मात्रै देश बन्दैन त्यसैले उद्यमशीलताको विकास र रोजगारी आवश्यक रहेको बताए ।

दक्ष जनशक्ति र युवा जुन दिन सम्म मुलुकमा अट्न सक्दैन त्यो दिन सम्म मुलुक बन्न नसक्ने आर्थिक मामिलामन्त्री गुरुङले बताए । मन्त्री गुरुङले भने  ‘मुलुकमा युवा शक्ति र क्षमतामान मानिस राख्ने हो भने रोजगारीको सिर्जना गर्नुपर्छ ।’

उनका अनुसार गण्डकी प्रदेशको पहिलो प्राथमिकता क्षेत्र कृषि हो र यसलाई दोस्रो प्राथमिकतामा रहेको पर्यटनसँग जोडेर दिगो विकासका कार्यक्रम अघि बढाइएका छन् । उनले अगाडी भने ‘गण्डकी प्रदेश पर्यटकीय प्रदेश र पर्यटकीय राजधानी हो ।’

‘हाम्रो उद्यमशीलता र पर्यटनलाई एनएएसी मोडलमा कुरा हुँदैछ ।’ मन्त्री गुरुङले भने ‘एन भनेको नेचर अर्थात प्रकृति, ए भनेको एग्रिकल्चर, टुरिजम, अर्को ए भनेको एडभेन्चर र सि भनेको कल्चर, हिष्ट्रि ।’

”हामि संग यति धेरै सुन्दरता र सम्भावना छ ।’  मन्त्री गुरुङले भने ‘नेपालको आधुनिक पर्यटनको सुरुवात यहि प्रदेशबाट भएको छ ।’

संविधानले जाति, जनजाति, दलित, अल्पसंख्यक समग्र नेपालीलाई सबै ठाउँमा प्रतिनिधित्वको हिसाबले अधिकारको लागी अत्यन्तै बलियो तरिकाले जोडेको मन्त्री गुरुङले बताए ।

उनले भने ‘संविधानको विषयमा अहिले कसैले गलत व्याख्या गर्छ भने हिजो यो संविधान आउनु भन्दा अगाडी जबरजस्त राजकाज गरेको थियो यात त्यो समुहले, यात समाज भित्रका केहि अराजकता र अनुशासनहिन मान्छेहरुले गर्छन ।’  महिलाको सन्दर्भमा अहिलेको संविधानले गरेको व्यवस्था आज संसारको जुनसुकै व्यवस्था भन्दा सबैभन्दा राम्रो व्यवस्था रहेको आर्थिक मामिलामन्त्री गुरुङले बताए ।

आज देशमा एउटा निराशा भने छाएको मन्त्री गुरुङले बताए । ‘आज पलायनको अवस्था देशमा आएको छ ।’ उनले भने ‘युवा पुस्ता आफ्नो भविष्य र प्रगतिको लागी देश छोडेर देश पुगिरहेका छन ।’

अर्को देशमा गएपछि आफ्नो भविष्य सुनिश्चित हुन्छ भन्ने एउटा खाले मानसिकता बनेको मन्त्री गुरुङले बताए । ‘अहिलेको शिक्षाले नैतिक शिक्षा दिएको छैन ।’ उनले भने ‘आजको पिढिले आफ्नो देश र आफ्नो बुबाआमा प्रतिको जिम्मेवारीलाई भुलेको जस्तो देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *