दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाँउपालिका १ फुस्रेखोलामा टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परी स्कुटरको पछाडि सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
पृथ्वीराजमार्ग सडकखण्डमा पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ५८७५ नं. को टिप्पर र बिपरित दिशाबाट जाँदै गरेको ग २५ प ५५२२ नं. को स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
टिपरले ठक्कर दिँदा स्कुटर चालक व्यास नगरपालिका ६ वर्ष अन्दजी १८ का मनिस आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटर चालक मनिष र स्कुटरमा पछाडि सवार १५ वर्षीया अनिशा आले मगर घाइते भइ उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको थियो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार उपचारका क्रममा मनिषलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
स्कुटरको पछाडि सवार मृतक आलेकै बहिनी वर्ष १५ की अनिषा आले मगर घम्भिर घाइते छिन । घाईते अनिषालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।
सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा टिपरको अगाडीको भागको भित्र स्कुटर पसेको थियो ।