मकालु बेस क्याम्प जादै गर्दा डाँडाखर्कमा लेक लागेर भिमादका डा. सिग्देलको मृत्यु

Byखवरबाटिका

३० चैत्र २०८१, आईतवार १५:१७ ३० चैत्र २०८१, आईतवार १५:१७ ३० चैत्र २०८१, आईतवार १५:१७

खादबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आज बिहान तनहुँको भिमाद नगरपालिका–२ का २७ वर्षीय डा.आशिष सिग्देलको मृत्य भएको हो ।

मकालु बेस क्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको प्रनाउ बस्नेतले बताए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको उनले जानकारी दिए । दुर्गम र भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *