स्कुटरलाई ठक्कर दिएर फरार टिपर चालक पक्राउ

Byखवरबाटिका

२ बैशाख २०८२, मंगलवार १०:५१ २ बैशाख २०८२, मंगलवार १०:५१ २ बैशाख २०८२, मंगलवार १०:५१

दमौली । स्कुटरलाई ठक्कर दिएर फरार टिपर चालक पक्राउ प का छन् । पक्राउ पर्नेमा ग १ ख ५८७५ नं. को टिपर चालक तनहुँको म्याग्दे गाँउपालिका वडा नं.३ बस्ने वर्ष २९ को रोशन श्रेष्ठ रहेका छन ।

तनहुँ जिल्ला अदालतबाट पक्राउ अनुमती लिई चालक श्रेष्ठलाई वैशाख १ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

गत चैत ३० गते तनहुँको म्याग्दे गाउँपालिका वडा नं. १ फुस्रेखोला स्थित पृथ्वीराजमार्ग सडकखण्डमा ग १ ख ५८७५ नं. को टिपर र ग २५ प ५५२२ नं. को स्कुटर ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक व्यास नगरपालिका ६ बस्ने १८ वर्षिय मनिस आले मगरको मृत्यु भएको थियो ।

उक्त स्कुटरमा पछाडी सवार मृतक आलेकै बहिनी वर्ष १५ की अनिषा आले मगर घाईते छिन ।

यो पनि : 

तनहुँको फुस्रेखोलामा टिपरको ठक्करबाट स्कुटर चालक दाइको मृत्यु, बहिनी घाइते

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *