आँबुखैरेनीमा तरकारी बोक्ने बोलेरो र स्कुटर ठोक्किदा स्कुटर चालक गुरुङको मृत्यु, एक घाइते

Byखवरबाटिका

३ बैशाख २०८२, बुधबार १८:२० ३ बैशाख २०८२, बुधबार १८:२० ३ बैशाख २०८२, बुधबार १८:२०

आँबुखैरेनी । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङ्गमा तरकारी बोक्ने गाडी र स्कुटर एक आपसमा ठोक्किदा दुर्घटना भएको छ ।

सो दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ भने अर्का एक घाइते रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक आँबुखैरेनी-३ का २० वर्षिय रुपेश गुरुङ रहेका छन । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्कुटरको पछाडी सवार आँबुखैरेनी-३ का १९ वर्षिय रोहन मगर घाईते भएका छन । उनको बाँया खुट्टामा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

आँबुखैरेनीबाट मुग्लिङ तर्फ जादै गरेको ना ४ च ८३८० नम्बरको बोलेरो र मुग्लिङ्गबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग १६ प १५७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *