हत्या गरी फरार रहेका ३ जना पक्राउ

Byखवरबाटिका

४ बैशाख २०८२, बिहीबार १६:०९ ४ बैशाख २०८२, बिहीबार १६:०९ ४ बैशाख २०८२, बिहीबार १६:०९

दमौली । तनहुँको शुक्लागण्डकीमा एक व्यक्तिको हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका ७ बस्ने २१ वर्षीय अमन गुरुङ, सोही नगरपालिकाको वडा नम्बर ५ बस्ने १८ वर्षीय रुपेश क्षेत्री र व्यास नगरपालिका १२ बस्ने वर्ष १८ का विजय गौतम रहेका छन् ।

गत वैशाख १ गते बिहान शुक्लागण्डकी नगरपालिका ७ स्थित टुडा जाने बाटोमा एक पुरुष टाउकोमा चोट लागि मृत अवस्थामा फेला परेका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएका प्रहरी अधिकृतको टोलीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरी अनुसन्धानमा मृतक जिल्ला तनहुँ व्यास नगरपालिका १२ घर भई हाल भिमाद नगरपालिका ८ बस्ने ५५ वर्षीय मंगल गिरी भन्ने खुल्न आएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक अशोक थापाका अनुसार गिरीको तीन जना मिलेर ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको खुल्न आएको थियो ।

प्रहरीले तीन जनालाई पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *