दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी क्याम्पसलाई बस सहयोग गर्ने भएको छ ।
विद्यार्थी बोक्न क्याम्पसलाई एक थान बस सहयोग गर्न लागेको गाँउपालिकाले जनाएको छ ।
क्याम्पसमा बस सञ्चालनका लागि गाउँपालिका अध्यक्ष शुक्र चुमान, प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल र आँबुखैरेनी क्याम्पसका प्रमुख भवदत्त शर्मा, स्ववीयु सभापति निशान मगरबीच बुधबार बस सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर
भएको छ ।
विद्यार्थीको सहजताका लागि गाउँपालिकाले बस उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । चालक लगायत सञ्चालनको अन्य जिम्मेवारी भने क्याम्पसले लिनुपर्नेछ ।
बस सञ्चालनमा आउने समस्याको समाधान क्याम्पसले नै गर्नुपर्ने शर्त राखिएको पालिकाले जनाएको छ ।