बन्दिपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट तनहुँका तीन जना पत्रकार पुरस्कृत

Byखवरबाटिका

६ बैशाख २०८२, शनिबार २३:३९ ६ बैशाख २०८२, शनिबार २३:३९ ६ बैशाख २०८२, शनिबार २३:३९

दमौली । तनहुँको बन्दिपुरमा संचालित बन्दिपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट तनहुँका तीन जना पत्रकार शनिबार पुरस्कारबाट सम्मानित भएका छन ।

बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको चौथो साधारण सभाको अवसरमा शनिबार उद्यमशीलता विकासका लागि सशक्त रुपमा कलम चलाए बापत उनिहरुको उचित मूल्याङकन गर्दै सम्मानित गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य डा. स्वर्णिम वाग्ले, गण्डकी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान लगायतका अतिथीहरुले जनही पुरस्कार राशी ५१ हजार रुपैयासहित र दोसल्ला र प्रमाणपत्रले सम्मानित गरेका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष एवं रेडियो बन्दिपपुरका स्टेसन म्यानेजर डिपि अधिकारी, लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई र जनचाहना न्यूज डट कमका कार्यकारी सम्पादक एस बि नेपाली सम्मानित भएका हुन ।

कम्पनीका संचालक एवं पत्रकार तारानाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले नियमित मापदण्ड अनुरुप तीन जना पत्रकार छनोट गरि संचालक समिति समक्ष सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *