तनहुँमा आमाद्वारा आफ्नै ४ महिनाको बच्चालाई ढुङ्गा प्रहार गरी हत्या

Byखवरबाटिका

९ बैशाख २०८२, मंगलवार २३:०२ ९ बैशाख २०८२, मंगलवार २३:०२ ९ बैशाख २०८२, मंगलवार २३:०२

दमौली । तनहुँमा एक आमाले आफ्नै ४ महिनाको बच्चालाई ढुंगा प्रहार गरी हत्या गरेकी छन् ।

प्रहरीले हत्या आरोपमा नवलपरासी बैदिकाली गाँउपालिका-२ अर्मले घर भएकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव निरीक्षक अशोक थापाका अनुसार कमला सोमबार तनहुँको घिरिङ गाउँपालिका-४ थामडाँडास्थित माइतीघर आइरहेकी थिइन् ।

साँझ करिब ७ बजेको समयमा भिमादबाट नवलपरासी सुस्ता पूर्व डेढगाउँ जाने सडक खण्डमा उनले आफ्नै ४ महिनाको छोरा अर्जुन परियारलाई ढुङ्गाले हानेर गम्भीर घाइते बनाएकी थिइन् ।

स्थानीयले घाइते बच्चालाई उपचारको लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा उपचारको क्रममा सोमबार राति साढे ९ बजेको समयमा मृत्यु भएको प्रहरी नायव निरीक्षक थापाले बताए ।

कमलालाई इलाका प्रहरी कार्यालय डेढगाँउ नवलपरासीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ उपस्थित गराएको थियो ।

प्रारम्भिक अनुसन्धानपछि कमलालाई कर्तव्य ज्यान मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *