आँबुखैरेनी । तनहुँ जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा मोनो रेलको सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।
के.डी. मेटल वर्कसप (यन्त्रशाला) काठमाडौंबाट आउनुभएका इन्जिनियरहरुको एक टोलिले गण्डकी प्रदेश कै धार्मिक तथा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थल छिम्केश्वरीमा मोनो रेल संचालनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो ।
समुन्द्र सतह देखि २१३४ मिटरको उचाईमा अवस्थित छिम्केश्वरी माई र बुढीदेवी माईको दर्शन गर्न आउने अशक्त, अपांग, वृद्धवृद्धा एवं हिड्न नसक्ने भक्तजनहरुको सहजताका लागि छिम्केश्वरी मन्दिरको बेस क्याम्प ठुल ढुङ्गा देखि मन्दिरसम्म (६ सय मिटर ) मोनो रेलको सम्भाव्यता अध्ययन गरिएको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए ।
मोनो रेलको सम्भाव्यता अध्ययन अन्तर्गत पहिलो चरणमा नापजाँच गरिएको र सो सोको लागत सहितको रिपोर्ट १ हप्ता भित्र आईपुग्ने अध्यक्ष तामाङले बताए ।
लगत्तै प्राप्त रिपोर्ट अनुसार गाउँपालिका, छिम्केश्वरी पर्यटन विकास समिति, मन्दिर व्यवस्थापन समिति वा कम्पनीले मोनो रेल संचालन गर्ने भन्ने बिषयमा बृहत् छलफल पश्चात् थप प्रक्रिया अगाडि बढाईने तामाङले बताए ।