दमौली । गृह मन्त्रालयले तनहुँ सहित तीन प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ ।
गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।
रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
गृह मन्त्रालयमा रहेका सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेखको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई मन्त्रालयमा तानिएको छ ।
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको भन्दै व्यापक आलोचना भएपछि मन्त्रालयले उपसचिवद्वय पौडेल र जैसीलाई मन्त्रालयमा तानेर सहसचिवद्वय थापा र गैह्रेलाई पठाएको हो ।
त्यस्तै गृहमा जगेडामा रहेका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।