दमौली । एलायन्स क्लब अफ तनहुँको आयोजनामा यही बैशाख २९ गते दमौलीमा साँस्कृतिक एवं लाइभ कन्सर्ट हुने भएको छ ।
विश्व शान्तिका प्रतिक गौतम बुद्धको २५६९ औं बुद्ध जयन्तीको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा द एक्स ब्याण्डका साथ स्थानीय व्याण्ड तथा भिक्टोरी जंङगल डान्सको प्रस्तुती रहने क्लबका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।
टिकट शुल्क प्रतिव्यक्ति रु.तीन सय पचास र दुई जनाको रु.पाँच सय कायम गरिएको कार्यक्रम संयोजक अमित कैनीले जानकारी दिए ।
साँस्कृतिक कार्यक्रम एवं लाइभ कन्सर्टबाट आएको रकम ज्येष्ठ नागरिक,दीनदुखी लगायतका सामाजिक कार्यमा खर्च गरिने क्लबका सचिव सुसन पन्थले बताए ।