दमौली । तनहुँको दमौलीमा जिल्लाका मगर समुदायले ४२औं मगर स्थापना दिवस मनाएका छन् ।
मंगलबार नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँको आयोजनामा दमौलीको अनसनचौतारी चोकबाट सुरु भएको झाँकी र्याली र बाजागाजासहित मालपोत लाईन, गणेशमान चोक, सफासडक हुँदै दमौली खुल्ला मैदानमा आएर औपचारिक कार्यक्रममा सुरु भएको थियो । र्यालीमा हजारौंको संख्यामा सहभागी थिए ।
नेपाल मगर संघ स्थापना भएको दिन फागुन १५ लाई मगर समुदायले स्थापना दिवसका रुपमा मनाउँदै आएका छन् । र्यालीपछि भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापा रहेकी थिईन ।
तनहुँका आठ स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका थिए । ४२ औं मगर स्थापना दिवस मनाउन सार्वजनिक विदा दिइएको हो । शुक्लागण्डकी, भीमाद र भानु नगरपालिकासँगै म्याग्दे, ऋषिङ, घिरिङ, बन्दीपुर, देवघाट गाउँपालिकाले मगर स्थापना दिवसको अवसरमा विदा दिएका थिए।
जिल्लाको दुई स्थानीय तहले भने सार्वजनिक विदा दिएनन् । व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले विदा नदिएका हुन् ।
वि.सं. २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा हेमबहादुर पुन मगरको अध्यक्षतामा नेपाल लाङघाली परिवार संघको प्रथम राष्ट्रिय महाधिवशेन भएको थियो। पहिलो पटक राष्ट्रिय महाधिवेशन भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउदै आइरहेको छ।
तस्विर : किरण श्रेष्ठ/खबरवाटिका
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature
Beta feature