दमौली । तनहुँको व्यास नगरपालिका १२ कमलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन ।
दुर्घटनामा परी मृत्यु हुनेमा स्कुटर चालक गोरखाको गोरखा नगरपालिका वडा नं. १३ अबुवा देउराली बस्ने वर्ष २२ को आशिक बाबु नराल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
चालक नरालको उपचारको लागि प्रदेश अस्पताल दमौली तनहुँ पठाईएकोमा २:१५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्कुटरमा पछाडी सवार सोही स्थान बस्ने वर्ष ४७ को कृष्ण प्रसाद नराल घाईते भएका छन । घाईते कृष्ण प्रसाद नराललाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने छोरा हुन भने घाइते मृतकका बुवा हुन ।
आइतबार दिउँसो १:४५ बजे पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत कमलबारीमा दमौलीबाट डुम्रे तर्फ जादै गरेको ग २५ प ४१३ नं.को स्कुटर चालकले नियन्त्रण गुमाई सडकमा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।