काठमाडौं । नेपाल आयल निगमले शनिवार राती १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेकाे छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँको दरले मूल्य बढाएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिएका छन ।
नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।
भारतीय आयल कर्पाेरेसनबाट शनिवार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार पेट्रोलियम पदार्थमा मूल्य बढाइएको निगमले जनाएकाे छ ।
जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको प्रवक्ता उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको भाउले निगमलाई हाल पेट्रोलमा एक रुपैयाँ २३ पैसा र डिजेलमा एक रुपैयाँ १५ पैसा घाटा रहेको निगमले जनाएको छ । गत असार २६ गते निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा एक एक रुपैयाँ मूल्य बढाएको थियो ।