साप्ताहिक राशीफल (श्रावण ४–श्रावण १०)

मेष
प्रेम सम्बन्ध अगाडि बढ्नेछ। कडापरिश्रमले कार्य सफल होला। वैदेशिक कार्य अगाडि बढ्नेछ। झन्झटिला कार्यहरूको बोझ आइलाग्दा सचेत भई कार्य सम्पन्न गर्नुहाेला। सवारी साधन चलाउँदा सचेत रहनुहोला। याे साताकाे लागि तपाईकाे शुभ अंक ३ र ५ रहेकाे छ।

वृष
घर परिवारकाे मन जित्ने ठुलै काममा सफल भइएला । साथी भाइकाे सहयाेग प्राप्त हाेला । नयाँ एवं पुराना कार्यको प्रतिफलले अन्य योजना बनाउन सहयोग पुर्‍याउनेछ । सामूहिक लगानीमा नयाँ कार्यको प्रारम्भ गर्ने याेग पनि रहेकाेछ। याे साताकाे लागि तपाईकाे शुभ अंक २ र ९ रहेकाेछ।

मिथुन
वैदेशिक यात्रा सफल रहनेछ। सहयोगीले घात गर्नसक्नेछन् । विचार पुर्याएर अगाडि बढ्नुहाेला। विलासिताका सामग्रीको खरिदमा पारिवारिक मत मिल्नेछ। भोजभतेरमा संयमपूर्वक मनोरञ्जन गर्नुहोला। याे साताकाे लागि तपाईकाे शुभ अंक ६ र ८ रहेकाेछ।

कर्कट
आकर्षक रोजगारी हात लाग्नाले मन हर्षित रहला। वैदेशिक यात्राको अवसर प्राप्त हुनसक्नेछ। मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइएला। याे साताकाे लागि तपाईकाे शुभ अंक ४ र ९ रहेकाे छ।

सिंह
प्रेम सम्वन्धमा समस्या अाइपर्नेछ। आफ्नो प्रतिभा प्रस्तुत गरी मान प्रतिष्ठा प्राप्त गर्न सक्नुहुनेछ। असहज परिस्थतिको सामना गर्न सकिनेछ। मन मिल्ने साथीको सुझावलाई मात्र विश्वास गर्नाले पछि परिएला याे साताकाे लागि तपाईकाे शुभ अंक २ र ५ रहेकाे छ।

कन्या
व्यापार व्यावसायमा ठुलै फड्को मारिएला। प्रेमिसँग खटपट वादविवाद हुनेछ । सचेत रहनुहाेला। काममा बेवास्ता गर्नाले अवसर अरूले लिन सक्छन्। गोष्ठी, समारोहमा समावेश हुँदा नेतृत्वदायी भूमिका पाइनेछ। याे साताकाे लागि तपाईकाे शुभ अंक ५ र ९ रहेकाे छ।

तुला
काममा सफल हुदा परिवारबाट प्रशंसा पाइनेछ। गोपनीयता अवलम्बन गरे सहज महसुस होला। दान तथा पूण्य कार्यले तपाईंको व्यवसाय स्वत: उचाइमा पुगी रोकिएका काम समेत बन्न सक्छन्। साताको अन्त्यतिर स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ। याे साताकाे लागि तपाईकाे शुभ अंक १ र २ रहेकाे छ।

वृश्चिक
व्यवसायमा नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ। कार्य सञ्चालनमा कठिनाइ अाइपर्नेछ। कार्य व्यस्ततामा रुमल्लिँदा प्रेमिका रिसाउन सक्छिन्, विचार पुर्‍याउनुहोला। रोजगारीका नयाँ अवसर हात पार्न थप मेहनत गर्नुपर्ने देखिन्छ। याे साताकाे लागि तपाईकाे शुभ अंक २ र ७ रहेकाे छ।

धनु
अध्ययनको क्रममा वैदेशिक यात्रा हुन सक्नेछ। नातेदार तथा नजिकका साथीहरुसंग रमाइला कार्यक्रममा सहभागी भइनेछ। व्यावसायिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। धार्मिक तथा परोपकार सम्बन्धि काममा मन जानेछ। याे साताकाे लागि तपाईकाे शुभ अंक २ र ८ रहेकाे छ।

मकर
प्रेमीकाे साथ र सहयाेग प्राप्त हुनेछ। पारिवारिक मनमुटावमा परिएला। अध्ययनमा गरिएको वैदशिक लगानी खेर जानेछैन । मित्रहरूको आर्थिक सहयोग ढिलो प्राप्त भई अवसर गुम्दा मन खिन्न हुनेछ। सवारी साधन चलाउँदा र मनोरञ्जन गर्दा सावधानी अपनाए बेस नै हुनेछ। याे साताकाे लागि तपाईकाे शुभ अंक १ र ७ रहेकाे छ।

कुम्भ
प्रेमिका सँगको भ्रमणले अरूको मन लोभ्याउनेछ। राज्यस्तरमा थालिएका प्रशासनिक कार्यबाट सहयोग मिल्नेछ। बिना योजना घरायसी सरसामन खरिद गर्दा खर्चले पिराेल्न सक्छ। साताको अन्त्यतिर धार्मिक तथा सामाजिक काम गरिनेछ। याे साताकाे लागि तपाईकाे शुभ अंक ३ र ९ रहेकाेछ।

मीन
परिश्रम अनुसारको फल पाइनेछ। परिस्थिति पहिचान गरी पुरुषार्थ गरेमा प्रतिष्ठा पाइनेछ। अार्थिक समस्या पर्नेछ। मित्रले घात गर्न सक्नेछन् विचार पुर्याएर अगाडि बढ्नुहाेला। राजनीतिक विचार परिवर्तन भई परोपकार तथा पूण्य आर्जन गर्नतिर मन जानेछ। याे साताकाे लागि तपाईकाे शुभ अंक १र६ रहेकाेछ।

*राशिफलमा जे जस्तो भएपनि नयाँ जाेस जाँगर र उत्साहका साथ कार्यमा अगाडि बढ्नुहाेस् अवश्य सफलता मिल्नेछ।


-ज्यो.प.उपेन्द्र काेईराला
देवघाट ज्याेतिष तथा कर्मकाण्ड सेवा केन्द्र
भरतपुर -१ देवघाट चितवन

You missed