युवा रेडक्रस सर्कल आदिकविद्वारा शौक्षिक सामग्री वितरण

Byखवरबाटिका

२६ बैशाख २०८१, बुधबार १५:०८ २६ बैशाख २०८१, बुधबार १५:०८ २६ बैशाख २०८१, बुधबार १५:०८

दमौली । युवा रेडक्रस सर्कल आदिकविले शौक्षिक सामग्री वितरण गरेको छ ।

बुधबार विश्व रेडक्रस दिवसको अवसरमा सर्कलले तनहुँको व्यास १३ स्थित सिद्धवेनी आधारभुत विद्यालयका ३० जना छात्र, छात्राहरुलाई शौक्षिक सामग्री वितरण गरेको सर्कलका अध्यक्ष सुमन खड्काले बताए ।

सो कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, आदिकवि भानुभक्त मा.वि. का अध्यक्ष ऋषिराम ढुङ्गना, सिद्धवेनी आधारभूत विद्यालयमा अध्यक्ष यम बहादुर थापा, प्र.अ. रोद्यन थापा, स्ववियु आदिकविका अध्यक्ष गौरव पन्थ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य युरेस आदिकविका शिक्षक रुपक श्रेष्ठले राखेका थिए भने सञ्चालन युरेस सचिव मौसमी थापाले गरेके थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *