पत्रकार न्यौपाने प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित

Byखवरबाटिका

२८ बैशाख २०८१, शुक्रबार १७:१४ २८ बैशाख २०८१, शुक्रबार १७:१४ २८ बैशाख २०८१, शुक्रबार १७:१४

दमौली । प्रेस चौतारी तनहुँले स्थापना गरेको प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट खबरपुञ्ज डटकममा कार्यकारी सम्पादक एवं राष्ट्रिय समाचार समिति (रासस) दमौली समाचारदाता कृष्ण न्यौपाने सम्मानित भएका छन् ।

नेकपा (एमाले) तनहुँको शुक्रबार आयोजित दशौं जिल्ला अधिवेशनका अवसरमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले न्यौपानेलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् । उक्त पुरस्कारको राशी रु दश हजार नगद रहेको छ ।

कार्यक्रममा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल लगायतको सहभागिता रहेको थियो ।

चौतारी तनहुँ शाखाले गत माघ २३ गते उक्त पुरस्कार न्यौपानेलाई अर्पण गर्ने निर्णय गरेको थियो । पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको शाखाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट रु एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको छ । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ । यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का र बसन्ती बास्तोला पुरस्कृत भइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *