दमौली । तनहुँको दमौलीमा आयोजित वृहत बुल्दी खोला सरसफाई अभियानमा नेपाली सेनाको कालीभञ्जन गण (इ) प्रथम भएको छ । शनिबार आयोजित उक्त सरसफाई अभियानमा एक हजार २४ किलो फोहोर जम्मा गरेर सेनाको कालीभञ्जन गण (इ) प्रथम भएको सो अभियानका नेतृत्वकर्ता महम्मद गफ्फार (सुदिप)ले जानकारी दिए ।

सो अभियान व्यास नगरपालिका–१ करङकाठ स्थित बसपार्कदेखि व्यास नगरपालिका–३ सेतीबुल्दी दोभानसम्म भएको थियो । उक्त अभियानमा सो फोहोर संकलन प्रतियोगिता २ घण्टाको समय दिएर गरिएको थियो ।

शनिबार भएको उक्त अभियानमा ५४ समूहसहित अन्य गरी एक हजार भन्दा बढीको सहभागिता रहेको गफ्फारको दावि छ । उनका अनुसार शनिबारको अभियानबाट बुल्दी खोलाबाट ७ हजार २ सय ७ किलो फोहोर संकलन भएको छ ।

दमौलीका युवा महम्मद गफ्फार (सुदिप)को सक्रियतामा शनिबार भएको सो सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गर्ने व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) लाई नगद १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

सो अभियानमा ९ सय ४० दशमलव ७ किलो फोहोर जम्मा गरी व्यास नगरपालिका–२ स्थित पुलचोक टोल विकास संस्था द्बितीय भयो । द्बितीय भएको समूहलाई पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रथम, दित्तीय र सहभागी समुहलाई व्यास नगरपालिका वडा नं. ५ का निवर्तमान अध्यक्ष मोहनकुमार श्रेष्ठले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

यस्तै विद्यालयस्तरीय फोहोर संकलनमा भने न्यू मनकामना बोर्डिङ स्कूल प्रथम र कन्काइ ग्लोबल एकेडेमी दित्तीय भएको छ । न्यु मनकामनाका विद्यार्थी समूहले ६ सय ४५ दशमलव नौ र कन्काइका विद्यार्थी समूहले ५ सय १६ दशमलव नौ किलो फोहर सङ्कलन गरेका थिए । उनीहरुलाई क्रमशः रु चार हजार र रु दुई हजार नगद प्रदान गरिएको अभियानका नेतृत्वकर्ता गफ्फारले जानकारी दिए ।

सो अभियानको क्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाको मुख्य चुनौती नै फोहोर व्यवस्थापन भएको बताए । ‘हाम्रो अहिलेको मुख्य समस्या भनेको फोहोरको व्यवस्थापन नै हो ।’ उनले भने ‘यो बुल्दी खोला सरसफाई अभियानले पालिकाको सफाई अभियानमा सहयोग पुग्नेछ ।’

उनले अगाडी भने ‘हामि यहीं जेठ १ गतेदेखि प्लाष्टिक झोला निषेध अभियानमा लागेका छौं ।’

सोही अवसरमा व्यास-५ का निवर्तमान वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले एक युवाको नेतृत्वमा यत्रो ठुलो सहभागिता सहितको सरसफाई अभियान हुनु सुखद र राम्रो काम भएको बताए । उनले थपे ‘अब युवाहरु फोहोर नै न्यूनीकरण गर्ने अभियानमा लाग्नुपर्छ ।’

गफ्फारकै नेतृत्वमा आगामी जेठ ५ गते भानु र बन्दीपुरको सिमानास्थित डुम्रेको चुँदीखोलामा वृहत सरसफाइ अभियान सञ्चालन हुँदैछ ।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *