दमौली । नेकपा (एमाले) तनहुँको अध्यक्षमा हरिराज कंडेल निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कंडेलले २९२ मत प्राप्त गरी विजयी भएका हुन् ।

अध्यक्षका अर्का प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २०४ मत मात्रै प्राप्त गरे ।

मतगणना मंगलबार अबेर राति सम्पन्न भएको थियो । निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेका अनुसार पदाधिकारीमा कंडेल प्यानलै विजयी भएको छ ।

यस्तै उपाध्यक्षमा कंडेल प्यालनकै राजेश्वर ढकाल विजयी भएका छन् । उनले २७९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रीराम कार्कीले २१४ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा प्रदीपराज अधिकारीले २८० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी अनिल पाण्डेले २११ मत प्राप्त गरेका छन् ।

उपसचिव खुल्लामा खिमबहादुर कुमाल २९६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी रोमाकान्त (आर.के.)ले १८४ मत प्राप्त गरेका छन् ।

उपसचिव महिलामा २८३ मत प्राप्त गरी सुनिता नेपाली विजयी भएकी छिन । उनकी प्रतिस्पर्धी बसुन्धरा घर्तीले १९७ मत प्राप्त गरिन् ।

अधिवेशनले कूल ९९ सदस्यीय जिल्ला कमिटी र ५ सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ ।

कुल ५ सय ८५ मतदातामध्ये निर्वाचनमा ५ सय ६० मत खसेको थियो ।

 

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *