तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

Byखवरबाटिका

२ जेष्ठ २०८१, बुधबार ०७:५५ २ जेष्ठ २०८१, बुधबार ०७:५५ २ जेष्ठ २०८१, बुधबार ०७:५५

दमौली । निर्वाचन सकिएको २ वर्षपछि तनहुँको व्यास नगरपालिकामा पुन मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएपछि स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले उच्च अदालत पोखरामा दिएको रिटको पक्षमा मंगलबार आदेश आएको हो ।

नेकपा एमालेको समर्थनमा कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए ।

निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्दा हालेका थिए ।

अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।

वडा नम्बर १ देखि ८ सम्म जितेको परिणाममा सुनाइएको र वडा नम्बर ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको उनको आरोप थियो ।

एमालेको सहयोगमा नगरको मेयरको उम्मेदवार बनेका जोशी कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *