रामबहादुर धामी (आँबुखैरेनी) – आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित भाँगेमा बुधबार आधारभूत स्वास्थ्य केन्द्रको शिलन्यास गरिएको छ । आँबुखैरेनी वडा नं. ४ का वडाध्यक्ष नेत्र गुरुङ्गको अध्यक्षतामा आयोजित कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले जगमा पुजा गरेर केन्द्रको शिलन्यास गरेका हुन ।
भवनको शिलन्यास गर्दै प्रमुख अतिथी थापाले सबै वडाहरुमा स्वास्थ्य केन्द्रहरु स्थापना गरि आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने बताए । कार्यक्रममा विशिष्ट अतिथी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले केन्द्रबाट सेवा संचालन पछि स्थानीयले उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा लिन आग्रह गरिन । कार्यक्रममा विशिष्ट अतिथी प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेलले औषधी, उपकरण र कर्मचारी व्यवस्थापन गरि सके पछि छिटो केन्द्र संचालन गरिने बताए ।
भवन निर्माणका लागि ५० लाख रुपैंयाको लागत अनुमान गरिएकोमा ठेकदार कम्पनीले ३८ लाख रुपैंयाको लागतमा अागमी जेष्ठ भित्र भवनको निर्माण कार्य सम्पन्न गर्ने गरि भवन निर्माणको काम अघि बढेकाे आँबुखैरेनी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।