जिल्ला अधिवेशनकाे तयारीमा जुट्याे एमाले

Byखवरबाटिका

२० पुष २०७८, मंगलवार १३:२२ २० पुष २०७८, मंगलवार १३:२२ २० पुष २०७८, मंगलवार १३:२२

दमाैली- आगमी पुस २३ र २४ गते दमाैलीमा हुने नेकपा एमाले तनहुँकाे नवाैं जिल्ला अधिवेशनकाे तयारीलाई तनहुँ एमालेले तिब्रता दिएकाे छ। मंगलबार दमाैलीमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै नेकपा एमाले तनहुँले जिल्ला अधिवेशनकाे तयारी बारे जानकारी गराएकाे हाे ।

पत्रकार सम्मेलनमा बाेल्दै नेकपा एमाले तनहुँका प्रचार बिभाग प्रमुख बिष्णुभक्त सिग्देलले वडाबाट छनाेट भएका प्रतिनिधि, मजदुर संघबाट १० मा १, अपाड्गताभएका व्यक्तिहरुकाे संघबाट ७ जनामा १ जना र पेशागत संगठनबाट १/१ जना प्रतिनिधि चयन भएकाे जानकारी गराए ।

देशभरका जिल्ला अधिवेशनकाे भर्चुल माध्यमबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले उदघाटन गर्ने कार्यक्रम तय भएकाे छ ।
२३ गते दमाैलीकाे खेलमैदानमा संचालन हुने अधिवेशनकाे बन्दसत्र २४ गते दमाैली पाटि प्यालेसमा संचालन हुनेछ । अधिवेशनका लागि पृथ्वी राजमार्गमा गेट निर्माण र सफासडकमा पार्टीकाे झण्डा राख्ने सिग्देलले जानकारी गराए ।

पार्टी जिल्ला अध्यक्ष केदार सिग्देलले झण्डै ९ बर्षपछि अधिवेशनकाे तयारी गरिएकाेले अधिवेशन र बन्द सत्र भव्य रूपमा सम्पन्न गर्ने तयारीका साथ अघि बढेकाे बताए । जिल्लाका ८५ वडासंगै १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएकाेले जिल्ला अधिवेशनलाई पनि सर्वसम्मत गर्न प्रयास गरिने उनले बताए।
नेकपा एमाले तनहुँकाे नवाैं जिल्ला अधिवेशनबाट १ सय ५ सदस्यीय जिल्ला कमिटि गठन हुनेछ । कमिटिमा महिला आरक्षण, दलित र अल्पसंख्यकलाइ समेटेर समावेशी बनाउने प्रयास भएकाे जिल्ला अध्यक्ष सिग्देलले बताए ।
जिल्ला कमिटिलाई नै अधिवेशनकाे आयाेजक कमिटिकाे रुपमा जिम्मेवारी लिएकाे छ । अधिवेशनकाे लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएकाे पत्रकार सम्मेलनकाे क्रममा जानकारी गराईएकाे थियाे ।
तनहुँमा६ हजार १ सय ७ क्रियाशिल सदस्य मध्येमा जिल्ला अधिवेशनकाे बन्द सत्रमा करिब ५ सय २५ प्रतिनिधि सहभागी हुने जिल्ला अध्यक्ष सिग्देलले जानकारी दिए ।

नेकपा एमालेले आयाेजना गरेकाे पत्रकार सम्मेलनकाे संयाेजन प्रेस चाैतारी तनहुँले गरेकाे थियाे । कार्यक्रमकाे संचालन प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *