उत्पादन बढाउन गाउँको बाझो जमिनमा खेती गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

Byखवरबाटिका

६ असार २०७९, सोमबार ०६:१२ ६ असार २०७९, सोमबार ०६:१२ ६ असार २०७९, सोमबार ०६:१२

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्पादन बढाउन गाउँमा बाझिएको जमिनमा खेती गर्नुपर्ने बताए । उत्पादन घटेको कारणले भोकमरी आउनसक्ने भएकाले खाद्यान्न सङकट चुनौतीको रूपमा आएको पौडेलले बताए ।

देशमा भएको भूउपयोग नीतिलाई कडाईका साथ लागू गर्नुपर्ने पौडेलको भनाइ थियो । विकास निर्माणका कामहरू भएपनि त्यसलाई पूणता दिन बाँकी रहेको उनले बताए । जिल्लामा विकास निर्माण शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम भएको र त्यसलाई पूर्णता दिनुपर्ने पौडेलको भनाई थियो ।

गाउँमै आम्दानी र रोजगारी सिर्जना गर्ने गरी योजना बनाउन जनप्रतिनिधीलाई सुझाव दिएका छन् । व्यास नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०७९÷८० का लागि नीति, बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई आईतबार सम्बोधन गर्दै उनले सो सुझाव दिएका हुन् ।

व्यास नगरपालिकाले भूउपयोग नीतिलाई कडाइका साथ लागु गर्न समेत उनले सुझाव दिए । गाउँको जग्गा एकीकृत गरि भाडामा लिएर कृषि फर्म सञ्चालन गर्नुपर्ने पौडेलको भनाई छ । गाउँको जिवनलाई आनन्दमय बनाउनुपर्ने उनले बताए ।

जनताले आम्दानी र रोजगारी नपाउने योजनाको कुनै अर्थ नहुने हुँदा त्यसमा खर्च गर्न नहुने नेता पौडेलले बताए । जनताले के चाहेका छन् जनताबीचमै छलफल गरी टुङ्गाउनु पर्ने वरिष्ठ नेता पौडेलले बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सबैको सल्लाह सुझाव लिएर काम अघि बढ्ने बताए । साथै नगर प्रमुख न्यौपानेले पर्यटन कृषि र शिक्षालाई प्राथमिकता दिएर योजना बनाईने बताए ।

यसअघि वरिष्ठ नेता पौडेल व्यास नगरपालिका– ११ स्थित रानीगाउँमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका थिए । सो अवसरमा नेता पौडेलले आत्मनिर्भर र स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार तल्लिन रहेको बताए ।

‘देशभित्र आर्थिक उन्नतिको लागि आत्मनिर्भर बन्ने र रोजगारी सिर्जना गर्न सबै मिलेर पहिलो प्राथमिकता दिएर अघि बढ्नु पर्छ’ वरिष्ठ नेता पौडेलले भने । विवाद गरेर भन्दा पनि सबै मिलेर देशको आर्थिक उन्नति र रोजगारीका अवसरहरु सिर्जना गर्न सबै लाग्नु जरुरी रहेको उनको भनाई थियो । हिलो छ्यापाछाप र आरोप प्रत्यारोपले देशको भविष्य झनै अन्धकारमा धकेलिने भन्दै कांग्रेसका वरिष्ठ नेता पौडेलले सबै मिलेर देश निर्माणमा जुटने बेला आएको बताए ।

कृषि, पर्यटन र जलस्रोतको विकास हुन सके युवाहरु रोजगारीका लागि खाडी मुलुकहरुमा धाउनु नपर्ने नेता पौडेलको भनाई थियो । ‘सरकारले गरीवि निवारण र युवाहरुलाई स्वदेशमै स्वरोजगार हुने कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्छ’ पौडेलले भने ।

जनप्रतिनिधिहरुले पनि जनताहरुको सेवक भएर उनीहरुको इच्छा, चाहना अनुसारको कार्यक्रमहरु लागू गर्न सके गाउँ गाउँमा सिहदरबार आउने उहाँले बताए । कांग्रेसका कारण जिल्लामा उल्लेखनीय रुपमा विकास भएको भन्दै त्यसको प्रचार गर्न नसक्दा फाइदा अन्यले लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *