भानु । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको भानु नगरपालिका–९ निवासी ४५ वर्षीय तारा थापा रहेको प्रहरीले जनाएको छ ।
मोबाइल चार्ज गर्ने क्रममा प्लक (टुपिन)बाट करेन्ट लाग्दा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर सख्त घाइते भएकी महिलाको उपचारका लागि दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।