लमजुङ । सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । डुम्रे–बेँसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका १ उदिपुर नजिकै देउराली डाडाको पहिरोले सडक अवरुद्ध भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए ।
उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरुद्ध सडकका कारण वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले ढुंगा माटोसहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ ।
तस्बिर : शान्ता कमली