रोटर्‍याक्ट क्लब अफ दमौलीको अध्यक्षमा विशाल र सचिवमा किरण चयन

Byखवरबाटिका

१८ असार २०७९, शनिबार ०७:२७ १८ असार २०७९, शनिबार ०७:२७ १८ असार २०७९, शनिबार ०७:२७

तनहुँ । रोटर्‍याक्ट क्लब अफ दमौलीको अध्यक्षमा विशाल श्रेष्ठ चयन भएका छन् । क्लबको रोटा वर्ष २०२२/२३ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

जुलाई १ बाट नयाँ कार्यकाल सुरु भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस्तै क्लबको उपाध्यक्षमा श्रीराम गन्धर्व, विशाल खत्री, धिरज श्रेष्ठ चयनमा छन ।

क्लबको सचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा सुनिता आचार्य, सहसचिवमा विष्णु गिरी, सहकोषाध्यक्षमा गोविन्द तिमिल्सिना चयन भएका छन् ।

त्यसैगरी क्लब एड्मिनिष्टेसन चियरमा सन्जिता भट्टराई, पब्लिक इमेज चियरमा सुशासन अधिकारी, सर्भिस प्रोजेक्ट चियरमा सुगत हड्खले, ईन्टरनेश्नल रिलेशनसिप चियरमा विपिन गौली, प्रोफेश्नल डिभेलोप्मेन्ट चियरमा सुमन राज ओझा, द रोटरी फाउन्डेसन चियरमा ममता श्रेष्ठ र क्लब एड्भाइजरमा पुर्वअध्यक्ष टिकाराम पनेरु चयन भएका छन ।

यस्तै सर्जान्ट एट आम्समा आशिका दुलाल, इन्टर्‍याक्ट कोर्डिनेटरमा विवेक भट्टराई, स्पेसल एरिया प्रोजेक्ट कोर्डिनेटरमा विश्व प्रकाश भुसाल, एडिटरमा उमेश पौडेल, आइटी अफिसरमा सुजन गिरि, मिडिया कोर्डिनेटरमा रवि अधिकारी, फेलोसिप चियरमा विदेश श्रेष्ठ र फन्ड राइजिङ चियरमा याम बतास चयन भएका छन ।

रोटा वर्ष २०२३-२४ को अध्यक्षमा अनुज बिमली छनौट भएका छन । क्लबले तनहुँका विभिन्न स्थान सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *