म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाले भेटेरीनरी अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

१८ महिने भेटेरीनरी कोर्ष अध्ययन गर्न चाहने गाउँपालिका भित्रका एसईइ उत्तीर्ण तथा तोकिएको योग्यता भएका विद्यार्थीलाई सो कोर्ष अध्ययन अन्तर्गत लाग्ने शुल्कको ५० प्रतिशत वा सोभन्दा बढी छात्रवृत्ति रकम प्रदान गरिने म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

अध्ययन गर्न चाहने विद्यार्थीहरुले यहि साउन २५ गते भित्र आफ्नो शैक्षिक योग्यताको प्रतिलिपि र निवेदन सहित आवेदन दिनका लागि गाउँपालिकाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *