तनहुँ । व्यास नगर साइनिङ स्टारको उपाधि साक्षी वाग्लेले जितेकी छन् । जेसीआई व्यास नगरले आयोजना गरेको उक्त प्रतियोगिता शनिबार राति सम्पन्न भएको थियो । फाइनलमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै वाग्लेले उपाधि जितेकी हुन् ।
सो प्रतियोगितामा सुश्रीना थापा फस्ट रनर अप र दिलशा श्रेष्ठ सेकेन्ड रनर अप भइन् । उपाधिसँगै विजेता वाग्लेले नगद २५ हजार, फस्ट रनर अप थापाले १५ हजार र सेकेन्ड रनर अप श्रेष्ठले १० हजार प्राप्त गरेकी छन् । यस्तै प्रजिता श्रेष्ठले भ्युअर चोइस अवार्ड प्राप्त गरिन । विजेतालाई व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरेका थिए ।
स्थानिय बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि जेसीआई व्यास नगरले साइनिङ स्टार आयोजना गर्दै आएको छ । यो आठौँ संस्करणको प्रयोगिता रहेको थियो ।
गत असार १० र ११ गते भएका अडिसनबाट छानिएका लाई विभिन्न तालिम दिएर फाइनलमा प्रतिस्पर्धा गराइएको व्यास नगरका अध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।