तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ का वडासदस्य दधिराज घिमिरेको सक्रियतामा दुर्घटनामा परेको ट्रक नारायणगढ पठाइएको छ ।
गत २०७८ असोज १४ गते पृथ्वी राजमार्ग अन्तर्गत मुसे खोलामा दुर्घटना भएको ना ६ ख ९२३७ नं को ट्रक नारायणगढ स्थित महिन्द्रा शोरुमको ग्यारेजमा पठाइएको वडा सदस्य घिमिरेले बताए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका मुद्दा शाखाका प्रमुख नरहरि अधिकारि र ॐ शाइराम भलाई कोष नारायणगढ संगको एक महिनाको सहकार्यमा ट्रकलाई बिहिवार नारायणगढ स्थित महिन्द्रा शोरुमको ग्यारेजमा पठाइएको वडासदस्य घिमिरेले जानकारी दिए ।
वडासदस्य घिमिरेले भने ‘उक्त ट्रकले दमौलीकै सौन्दर्यतामा प्रश्नचिह्न खडा गरेको र उक्त ट्रक पार्किङ गरिराखिएको वरपर निकै दुर्गन्धित भएको हुँदा स्थानीय म्ले समेत गुनासो गरेका थिए ।’
उनले अगाडी थपे ‘मादक पदार्थ सेवन गरि रातको समयमा सोही ट्रकमा बस्ने हुँदा रातको समयमा हिंडडुलका साथै नजिकका ब्यापारीहरुलाइ पनि समस्या परेको गुनासो आएपछि मेरो सक्रियतामा पठाइएको हो ।’