तनहुँ । मौलिक जरोकिलो पार्टी गण्डकी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशले हरि नेपाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ ।
यस्तै उपाध्यक्षमा टोल राज वाग्ले, महासचिवमा भरत गिरि, सचिवमा पद्मा राना, कोषाध्यक्षमा जगन्नाथ वाग्ले, सदस्यमा बसन्त देवकोटा र चिज कुमार श्रेष्ठ चयन भएका छन ।
तनहुँको आबुखैरेनीमा शनिबार सम्पन्न दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा सात सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।
पार्टीको प्रवक्ता प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता र केन्द्रीय समिति सदस्यहरु दिल बहादुर क्षेत्री, मदन पौडेल र कमल न्यौपानेको उपस्थितिमा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।