तनहुँ । नेपाली काङ्ग्रेस तनहुँले पार्टिबाट अलग भएकाहरु लाई विना सर्त मुलधारको कांग्रेसमा फर्कन अपिल गर्व्को छ ।
पार्टिले धेरै लामो समय लगाई नेतृत्व तहमा रहेकाहरु समेत पार्टीको मुलधार भन्दा वाहिर रहनुहुन्न भन्ने मान्यतामा नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको भाद्र ९ को पूर्ण बैठकबाट मुलधारमा समाहित हुन आह्वान भई सकेको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
गत २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टिका जिम्मेवार निकायबाट न्यायपूर्ण निर्णय गर्न प्रयत्न गर्दा गर्दै पार्टिबाट राजिनामा दिई वा पार्टीका उम्मेदवार विरुद्ध सँगठित अभियानमा लागी विचलित भएका लाई फर्किन जिल्ला कार्यसमितिले अनुरोध गरेको हो ।
पार्टिबाट विभिन्न कारणले अलग भएका, स्वतन्त्र भूमिकामा रहेकालाई काँग्रेस पार्टीलाई सम्मान गर्दै विना सर्त नेपाली काँग्रेसको मुलधारमा फर्कन अपिल गरेको काङ्ग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए ।
आलेले भने ‘फर्किनेहरुको उचित सम्मान र मुल्याँकनमा आगामी दिनमा कुनै विभेद नहुने स्मएत आस्वस्त पार्न चाहन्छु ।’