दुलेगौँडा । तनहुँ सुचना समाज सहकारी संस्था मार्फत सञ्चालनमा आएका रेडियो तनहुँ ९७.२ मेगाहर्जको अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ चयन भएका छन् । रेडियो प्रशारणमा आएको १५ वर्षपछि सञ्चालक समितिको नेतृत्व परिवर्तन भएको हो ।
शनिबार शुक्लागण्डकी नगरपालिका स्थित झरौटामा सम्पन्न भएको १५औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन मार्फत श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा रेशमलाल पौडेल, सचिवमा लालबहादुर श्रेष्ठ, कोषाध्यक्षमा सुजनकुमार श्रेष्ठ र सह सचिवमा नारायणदत्त अधिकारी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा समुन्द्रराम श्रेष्ठ, रामकुमार श्रेष्ठ, उमाकान्त श्रेष्ठ, पूर्णबहादुर थापा, यामबहादुर खाँण, राजेश्वर खनाल, सुन्दर बस्याल र बलराम मिश्र रहेको छन् ।
अधिवेशन मार्फत गायत्रीप्रसाद पौडेलको संयोजकत्वमा हुमबहादुर खड्का, माधव प्रसाद अधिकारी, सुरजकुमार श्रेष्ठ र कुलप्रसाद गुरुङ सदस्य रहने गरि लेखा समिति गठन गरिएको छ ।
अधिवेशनले रेडियोको स्थापनाकालदेखि अध्यक्ष भई कार्यकाल सम्हालेका प्रा.डा. चन्द्रबहादुर थापालाई संरक्षकका रुपमा राख्ने निर्णय समेत गरेको सचिव श्रेष्ठले जानकारी दिए ।