तनहुँ । तनहुँको दमौलीमा यहीँ पौष २९ गते शुक्रबार लाइभ कन्सर्ट हुने भएको छ ।
तनहुँको आँबुखैरेनी-३ समिबोटेकी एकल महिला मृगौला पीडित मिना माया थापाको उपचारार्थ सहयोगका लागी कन्सर्ट गर्न लागेको कन्सर्टका निर्देशक केहर सिं आले (बादल)ले जानकारी दिए ।
पौष २९ गते पाचौं आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवमा उक्त कन्सर्ट हुने कन्सर्टका निर्देशक आलेले बताए ।
लाइभ कन्सर्टमा पप गायक उर्गेन दोङ र स्थानीय दुइ -तीन वटा ब्याण्डको प्रस्तुती रहने सिद्ध युवा क्लबका संस्थपक अध्यक्ष सुमन थापाले जानकारी दिए ।
कन्सर्टको टिकटको शुल्क ३ सय रुपैयाँ राखेको कार्यक्रमका संयोजक हर्क थापाले बताए ।
कार्यक्रममा साढे ३ लाख खर्च हुने र करिब २ लाख नाफा हुने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
उक्त कन्सर्टको फाइदाले मृगौला पीडित थापालाई ५० प्रतिशत रकम र बाकी केहि रकमले व्यास-५ मानुङकोटमा डस्टबिन राख्ने संयोजक थापाले जानकारी दिए ।