आबुँखैरेनी पुलजिपबाट लागुऔषधसहित बिरगंजका सराव र पोखराका गुरुङ पक्राउ

Byखवरबाटिका

२३ फाल्गुन २०७९, मंगलवार २२:०६ २३ फाल्गुन २०७९, मंगलवार २२:०६ २३ फाल्गुन २०७९, मंगलवार २२:०६

आबुँखैरेनी । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपालिका वडा नं १८ बस्ने १८ वर्षिय बिशाल सराव र चितवन भरतपुर महानगरपालिका वडा नं १२ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा न १५ मितेरीगाउँ बस्ने ४४ वर्षिय जितेन्द्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सरावलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागु औषध डाईजेपाम १०० एम्पुल, फेनरागन १०० एम्पुल र नुफिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल अबैध लागुऔषध र मोबाईल थान १ फेला पारी बरामद गरी बिशाल सरावलाई नियन्त्रणमा लिईएको र प्रारम्भिक सोधपुछको क्रममा खुल्न आएका लागु औषध कारोबारमा संलग्न जितेन्द्र गुरुङलाई समेत नियन्त्रणमा लिई उनको साथबाट नगद रु ४९ हजार ५ सय र मोबाइल थान २ बरामद गरी दुवै जनालाई बरामद लागु औषध सहित उनिहरुलाई मंगलबार तनहुँ जिल्ला अदालत उपस्थित गराई ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

साेमबार बिहान ३ बजेको समयमा तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं ४ पुलजिपमा बिरगंजबाट पोखरा तर्फ आउदै गरेको ना ४ ख २५४९ नंको बस चेकजाँच गर्ने क्रममा उनिहरू लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *