तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बन्दिपुर गाउँपालिका वडा नं ५ आधिखोला स्थित पृथ्विराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जादै गरेको ना ४ ख १९७३ नं को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किदा घाइते भएका ८ जना मध्य ३ जनाको मृत्यु भएको छ ।
यस्तै अन्य ५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरी जनाएको छ ।
मृत्यु हुनेमा सो घरका धनि बन्दिपुर गाउँपालिका वडा नं ५ बस्ने ६९ वर्षीय सन बहादुर भुजेल, सोही स्थानका १२ वर्षीय आयुस भुजेल र ५० वर्षीय चेत बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यस्तै पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेका घाईतेहरुमा बन्दिपुर गाउँपालिका वडा नं ५ बस्ने ६ वर्षिया आयुसा भुजेल, १० वर्षिया जस्मिन भुजेल, १० वर्षिय ईश्वर भुजेल, ८ वर्षिया समिर भुजेल र ५ वर्षिय सन्तोष भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
उक्त दुर्घटनामा ८ जना घाईते भएकोमा घाईतेहरुलाई उपचारको लागी चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा घाईतेहरु मध्ये ३ जनाको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको र अन्य ५ जना घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको ।
यस्तै पृथ्वी राजमार्ग सडक दिउँसो १:५० बजेको समयमा पुर्ण रुपमा सुचारु भएको प्रहरीले जनाएको छ ।