रिस्तीको बेलथुम्कीमा भालुको आक्रमणबाट एक जना घाईते

Byखवरबाटिका

४ जेष्ठ २०८०, बिहीबार १२:०० ४ जेष्ठ २०८०, बिहीबार १२:०० ४ जेष्ठ २०८०, बिहीबार १२:००

तनहुँ । रिस्तीको बेलथुम्कीमा भालुको आक्रमणबाट एक जना घाईते भएका छन् । घाइते हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं ८ रिस्ती बेलथुम्कीका ३५ वर्षीय गोरे कामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिहिबार बिहान अन्दाजी सवा ५ बजेको समयमा कामि आफ्नै पाखो बारीमा बादरले मकै खाएको भनी लखेट्न जादाँ बादर नभई भालु रहेको र सो भालुले आक्रमण गर्दा उनि घाइते भएका हुन् ।

उनको उपचारको लागी जिल्ला अस्पताल दमौली ल्याइएको र उनको निधारको भाग काटेको र बायाँ खुट्टाको साप्रामा दाँत गाडिए जस्तो गहिरो चोट रहेको प्रहरीले जनाएको छ ।

उनको थप उपचारको लागी गण्डकी अस्पताल पोखरा रिफर गरिएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box