उद्यमशील सहकारीद्धारा सतप्रतिशत साँवाव्याज असुली

Byखवरबाटिका

१० श्रावण २०८०, बुधबार १५:४३ १० श्रावण २०८०, बुधबार १५:४३ १० श्रावण २०८०, बुधबार १५:४३

तनहुँ । उद्यमशील बचत तथा ऋण सहकारीले ऋणि शेयर सदस्यहरुबाट मासिक साँवाव्याज असुलीमा सतप्रतिशत प्रतिफल हाँसिल गरेको छ । आर्थिक बर्ष २०७९-०८०मा सहकारीले गरेको सम्पूर्ण ऋणको सावाँ र व्याज असुली समेत सतप्रतिशत रहेको सहकारी संस्थाले जनाएको छ ।

यस अघि आर्थिक बर्ष २०७८-०७९ मा पनि सहकारी संस्थाले सत प्रतिशत सावाँव्याज असुली गरेको सहकारी संस्थाका अध्यक्ष ईन्द्रलाल श्रेष्ठ विकल्पले जानकारी दिए ।

उक्त सहकारी संस्थाले असार महिनामा मात्रै ५४ लाख ३ हजार ६ सय असी रुपैंयाँ ऋण लगानी गरेको सहकारी संस्थाका ऋण लगानी उपसमिति संयोजक सुरेश अधिकारीले बताए । आफूहरुले नियमित सहकारी संस्थाको नियमित अनगुमन, निरिक्षण र लगानी जोखिमको बारेमा गहन अध्ययन गरी सोही अनुसार लगानी नीति अवलम्बन गरेकोले पनि सतप्रतिशत व्याज असुली भएको ऋण लगानी उपसमिति संयोजक अधिकारीले बताए ।

उक्त सहकारीले ऋणि शेयर सदस्यहरुबाट सतप्रतिशत ऋण असुली गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ऋण लगानी उपसमिति संयोजक अधिकारीलाई अविर, ढाकाटोपी र खादाले सम्मान गरिएको थियो ।

उक्त सहकारी संस्थामा शेयर पुँजी २ करोड १ लाख ७६ हजार ४ सय रुपैंयाँ र कुल सम्पत्ति ४ करोड ४६ लाख २३ हजार ५ सय ३२ रुपैंयाँ रहेको छ । कुल सम्पत्तिको करिव कुल शेयर सदस्य ३ सय ४ जना र कुल ऋणी शेयर सदस्य संख्या १ सय ४३ जना रहेको र हालसम्म ३ करोड ६० लाख ४१ हजार ४ सय ९१ रुपैंयाँ ऋण लगानी गरिएको सहकारी संस्थाका व्यवस्थापक सन्दिप गुरुङले बताए । लगानी रकमको करिव ३१ प्रतिशत रकम तरलता विनियोजन गरिएको समेत व्यवस्थापक गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *