तनहुँको मानुङकोटमा भरूवा बन्दुकले हानेर श्रीमतीको हत्या

Byखवरबाटिका

१७ श्रावण २०८०, बुधबार १०:२१ १७ श्रावण २०८०, बुधबार १०:२१ १७ श्रावण २०८०, बुधबार १०:२१

दमौली । तनहुँको व्यास नगरपालिका-५ मानुङमा भरूवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन् ।

मंगलबार राति ११ बजे श्रीप्रसादले आफ्नै घरमा सामान्य विवाद हुदा श्रीमतीलाई गोली हानेका थिए । गोली लागेर घाइते भएकी गीतालाई उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा उनको राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

श्रीप्रसादलाई राति नै प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खाँणले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box