पाउदी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

Byखवरबाटिका

९ भाद्र २०८०, शनिबार ०७:२१ ९ भाद्र २०८०, शनिबार ०७:२१ ९ भाद्र २०८०, शनिबार ०७:२१

दमौली । तनहुँको भानु नगरपालिका–११ मानेचोकस्थित पाउदी खोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने १० वर्षीय समर्पण परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पौडी खेल्दै गर्दा बगाएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । निज बालकलाई अन्दाजी आठ सय मिटर तल भेटिएको थियो ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box