भानुको रम्गाटारमा अरिङ्गालले टोक्दा तामाङको मृत्यु, एक जना घाईते

Byखवरबाटिका

१३ कार्तिक २०८०, सोमबार ०९:१४ १३ कार्तिक २०८०, सोमबार ०९:१४ १३ कार्तिक २०८०, सोमबार ०९:१४

भानु । तनहुँको भानु नगरपालिका स्थित रम्गाटारमा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा भानु नगरपालिका वडा नं ४ फलाखेत बस्ने ३२ वर्षीय राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सोही स्थानका २४ वर्षीय धन बहादुर तामाङ घाइते छन् ।

आइतबार जिल्लाको भानु नगरपालिका वडा नं ७ रम्गाटार स्थित जंगलमा अरिङगाल पोल्ने क्रममा अरिङ्गालले टोकी दुवै जना घाईते भएका थिए ।

घाइते दुबै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचार पश्चात थप उपचारको लागी चितवन मेडिकल कलेज चितवनमा पठाइएको थियो ।

तर घाईते मध्ये राज कुमार तामाङको सोमबार बिहान ४:२० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

घाईते धन बहादुर तामाङको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

*मृतकको उमेर ३२ वर्ष हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको । -सम्पादक

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *