दमौली । तनहुँको दमौली स्थित बुल्दीपुलमा ट्याक्सीको ठक्करबाट पैदल यात्रीसहित ६ जना घाईते भएका छन् । घाइतेहरुको दमौली र पोखरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइते मध्ये पैदल यात्री तनहुँको व्यास नगरपालिका वडा नं १ गल्बुबेशी बस्ने वर्ष ८ की नाहिशा गुरुङ र पैदल यात्री सोही स्थान बस्ने वर्ष ४ की निहा गुरुङको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ ।

यसैगरी मणिपाल शिक्षण अस्पताल पोखरामा कास्कीको पोखरा महानगरपालिका वडा नं १० बस्ने वर्ष ५७ की हेमकला राई र सोही स्थान बस्ने वर्ष ६४ की विष्णु कुमारी गुरुङको उपचार भईरहेको छ । यस्तै ट्याक्सी चालक कास्कीको पोखरा महानगरपालिका वडा नं १० बस्ने वर्ष ४० को गौतम गुरुङ र तनहुँको व्यास-१ गल्बुबेसी बस्ने वर्ष २८ की सपना अधिकारीको दमौली अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

शनिबार दिउँसो २ बजेको समयमा तनहुँको व्यास नगरपालिका वडा नं १ बुल्दीपुल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट दमौली तर्फ आउदै गरेको ग १ ज ३७३२ नं को ट्याक्सीले दुई जना पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना भएको थियो ।

उक्त ट्याक्सी अनियन्त्रित भई सडक देखी अन्दाजी २ मिटर तल खस्न जादाँ पैदल यात्रीहरु सहित ट्याक्सी चालक तथा सवार यात्रुहरु घाईते भएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *