काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा ग्रुपले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा बालबालिकालाई स्टेशनरी र अन्य सामग्रीहरु वितरण गरेको छ ।

ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ५० जनाभन्दा बढी बाल बालिकालाई उक्त सामग्री वितरण गरेको जनाएको छ ।

हुन्डाई नेपालले हुन्डाई मोटर कम्पनीको ‘मोबिलिटी’ सँग सबैलाई जोड्ने उद्देश्यप्रति एक्यवद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ ।

लक्ष्मी ग्रुप र यस अन्तर्गतका विभिन्न संस्थाले यस अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरू आयोजना गरेका छन् । लक्ष्मी ग्रुपले पोखरामा रक्तदान कार्यक्रम सञ्चालन गर्नुका साथै नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान समेत सञ्चालन गरेको थियो ।

लक्ष्मी ग्रुप अन्तर्गतको प्रतिष्ठित कम्पनी सुजल डेरीले काठमाडौंस्थित गैरीधारामा रहेको होप हेरिटेज इल्डर केयरमा दिवा खाजा आयोजना गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *