भिमादको आमडाँडामा रुखबाट खसेर रानाको मृत्यु

Byखवरबाटिका

१८ पुष २०८०, बुधबार २०:४६ १८ पुष २०८०, बुधबार २०:४६ १८ पुष २०८०, बुधबार २०:४६

दमौली । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङ आमडाँडामा बुधबार दिउँसो २:३० बजेतिर रुखबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय मनहर्ष राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडी घाइते भएका रानाको भिमाद स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *