दमौली । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सभापतिमा शुकनारायण मल्ल सर्वसम्मत चयन भएका छन् । सभापतिमा मल्ल सहित तीन जनाको उम्मेदवारी परेको थियो ।

सभापतिमा उम्मेद्वारी दिएका राजकुमार श्रेष्ठ (राकु) र बिन्दु श्रेष्ठले मल्ललाई समर्थन गरेपछि उनि सभापतिमा सर्वसम्मत भएका हुन् ।

यस्तै उपसभापतिमा शेषराज श्रेष्ठले २३० पाएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी राजेन मियाले ११० र इन्द्रलाल श्रेष्ठले १०४ मत पाए ।

त्यस्तै कोषाध्यक्षमा नारायण मल्लले २०२ मत प्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिस्पर्धी युवराज भण्डारीले १३६ र हर्षमान श्रेष्ठले ९४ मत पाए ।

जिल्ला प्रतिनिधिमा भरत कुमार श्रेष्ठले ३०१, किन कुमार श्रेष्ठले २९२, एक प्रसाद श्रेष्ठले २८१, महेश मल्ल २५० र सलिम मियाँले २५० मत प्राप्त गरी विजयी भएका छन् । जिल्ला प्रतिनिधिका लागी १२ जनाको उम्मेद्वारी परेको थियो ।

त्यसैगरी सदस्यहरु सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा अनिलकुमार श्रेष्ठ, अनुप दाहाल, अर्जुन पौडेल, बलराम वाग्ले, वीरबहादुर नेपाली, विष्णुकुमार कायस्थ, चिजकुमार श्रेष्ठ, नारायण सापकोटा, पोष्टमान श्रेष्ठ, रवि भुजेल, प्रकाश श्रेष्ठ, संगम घर्ती, ठाकुर प्रसाद पौडेल र टिकाराम गिरी चयन भएका छन् ।

 

 

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *