घिरिङको बैडिमा साँसद भण्डारीद्वारा कुमाल समाजको भवन उद्घाटन

Byखवरबाटिका

२ माघ २०८०, मंगलवार २१:३८ २ माघ २०८०, मंगलवार २१:३८ २ माघ २०८०, मंगलवार २१:३८

घिरिङ । तनहुँमा कुमाल समाजको भवन उद्घाटन गरिएको छ । जिल्लाको घिरिङ गाउँपालिका १ बैडिमा कालिका देवी कुमाल समाजको नवनिर्मित भवन प्रतिनिधि सभा साँसद शँकर भण्डारीले कुमाल जातिको राष्ट्रिय पर्व माघे सक्रातिको दिन उद्घाटन गरेका हुन् ।

कार्यक्रम कालिका देवी कुमाल समाज समिति बैडिका अध्यक्ष घनश्याम कुमालको सभाध्यक्षता एवं सांसद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सांसद भण्डारीले नेपाल बहुजाती, बहुभाषिक देश भएकाले सम्पुर्ण जातजातिमा फुट होइन एकताको मत हुनु पर्ने बताए ।

उनले कुमाल, मगर, थारु लगायत अन्य समुदायले पनि परापुर्वकालदेखी मनाउदै आएको माघे संक्रान्तिको शुभकामना दिनु हुँदै तनहुँ जिल्लाको विकास निर्माण कार्यका लागि आफू सधै प्रतिबद्ध रहेको बताए ।

घिरिङको बैडि कुमाल समुदायको बाहुल्यता रहेको स्थान हो । यहाँ करिब ३५ घरधुरी कुमाल रहेका छन् । नवनिर्मित भवन १२ लाखको लगानीमा निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको ५ लाख, घिरिङ गाउँपालिकाको ३ लाख, कालिका देवी कुमाल समाजबाट ३ लाख र अन्यबाट एक लाख गरि कुल १२ लाखको लगानीमा भवन निर्माण गरिएको समितिले जनाएको छ ।

सम्पूर्ण कुमाल समुदाय एक हौँ, भाषा कला र सँस्कृतिको जर्गेना गरौँ भन्ने उदेश्यका साथ माघे सक्रातिका दिन साँंस्कृति कार्यक्रम समेत सम्पन्न गरिएको छ । कार्यक्रममा कुमाल समुदायको पहिचान , अतिस्त्व झल्किने संस्कार सँस्कृति ,कुमाल समुदायको परम्परागत पाउँदुरे ,सोरठी, मारुनी लगायतका नृत्यहरु प्रस्तुत भएका थिए ।

यस्तै कार्यक्रममा कुमाल जातिको मौलिक खानाका परिकारको प्रदर्शन र भलिबल प्रतियोगिता समेत भएको कालिका देवी कुमाल समाज बैडीका संरक्षक गँगाराम कुमालले बताए । माघी मेला २०८० को कार्यक्रममा घिरिङ गाउँपालिका अध्यक्ष होम बाहादुर थापा र ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो भने विभिन्न संघसंस्थाका पदाधिकारी र स्थानीयहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा छवि कुमालले स्वागत मन्तव्य र संचालन गंगाराम कुमालले गरेका थिए ।

 

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *