तनहुँ । इनरह्ववील क्लव अफ दमौलीले सुर्योदय प्राथमिक विद्यालयका २८ जना चेपाङ विद्यार्थीहरुलाई आइतबार न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण गरेको छ ।
इनरह्ववील क्लव अफ दमौलीको आयोजनामा भएको सो कार्यक्रमको प्रमुख अतिथी व्यास नगरपालिका वडा न ११ का वडाअध्यक्ष दल बहादुर दुराले वडाको चेपाङ समुदायमा आर्थिक अवस्था कमजोर भएकोले शैक्षिक स्तर बढाउन नसकेको र त्यसका लागि जनचेतनाको आवश्यक रहेको बताए ।
कार्यक्रममा व्यास-११ का वडासदस्य गोकुल दुराले वडाले गर्ने काम क्लवले गरेको र यस्तो सहयोग गर्ने क्लवप्रती आभार व्याक्त गर्दै शिक्षक अभिभावक सबैले समन्वय गरेर जानु पर्ने बताए ।
इनरह्ववील क्लव अफ दमौलीका अध्यक्ष प्रर्मिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा विव्यासका मान कुमारी आले, विद्यालयका प्र.अ.रश्मि थापाले व्यास नगर पालिका र स्तानीय तहले यस चेपाङ समुदायमा आर्थिक उन्नती गर्न र शैक्षिक जनचेतना गराउने सीपमूलक कार्य हुन नसकेकोले विद्यार्थीहरु भोक भोकै आउने र नाङगै चप्पल पनि नलगाइ आउने हुँदा न्यानो कपडा र शैक्षिक सामग्रीले केही हदसम्म राहत मिलेको बताईन ।
करिब ३० हजार बराबरको न्यानोकपडा, सरसफाइका लागि ब्रस टुथपेस्ट, साबुन लगाएतका सामग्रि बितरण गरिएको क्लबकी निवर्तमान अध्यक्ष शर्मिला श्रेष्ठले जानकारी दिईन ।
कार्यक्रममा सचिव नारायणी मल्लले धन्यवाद दिदै यो तेस्रो पट्क सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको बताउदै विद्यार्थी को शैक्षिक जीवन स्तर बढाेस् भन्ने उदेश्यले सहयोग गरेको बताईन ।