आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ का भूमिहिन सुकम्बासीहरुलाई जग्गा धनी प्रमाणपत्र पुर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँकाे समन्वयमा गाउँपालिकाले आँबुखैरेनी-२ का १३ सुकुम्बासीलाई साेमबार लालपूर्जा वितरण गरेकाे हाे ।

आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं २ का १२ जना भूमिहिन सुकम्बासीहरुलाई जग्गा धनी प्रमाणपत्र पुर्जा वितरण गरिएको थियो । सो कार्यक्रमको प्रदेश सांसद हरिबहादुर चुमानको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।

कार्यक्रम प्रमुख अतिथि चुमन सहित राष्ट्रिय भूमि आयोगका तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी, गाउँपालिका अध्यक्ष शुक्र चुमान लगायतले सयुक्त प्रमाण पत्र पुर्जा वितरण गरेका थिए ।

पुर्जा ग्रहण गर्न पाउँदा भूमिहिन सुकुम्बासीहरु अत्यन्त खुसी भएका थिए । उनीहरुले आफूहरुको वर्षै देखिको सपना पुरा भएको बताएका थिए ।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *