दमौली । तनहुँको व्यास-१ अम्रेनीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर एक जनाको मृत्यु भएको छ ।

ग १९ प ८३०३ नम्बरको मोटरसाइकललाई पृथ्वी राजमार्ग निर्माण गरिरहेको चाइनिज कम्पनि सि सि सि सि को पानी हाल्ने ट्यान्करले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका व्यास नगरपालिका १२ घर भइ व्यास नगरपालिकामा कार्यरत २९ वर्षीय ईन्जिनियर प्रवीन कैनिको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अम्रेनीमा भएको सवारी दुर्घटनाको विषयलाई लिएर अहिले पृथ्वीराजमार्गको दमौली-डुम्रे खण्डको घाँसीकुवा नजिकै सडक अवरोध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box